चिबा अञ्चल कासिबा नगर, नोदा नगर, नागारेयामा नगरको प्रौढ सेवा पेशा

तेन्स्योकाइ समुहले चिबा अञ्चलको उत्तर पश्चिमी भागमा केन्द्रित भइ चिकित्सा, नर्सिङ, प्रौढ सेवा, समाज कल्याण जस्ता सेवा सुविधाहरुको उपलब्ध गराइ आइरहेको छ।
प्रत्येक आवास गृहहरूमा ऋतु अनुसारका समारोह तथा मनोरञ्जनका कार्यक्रमहरू सक्रियताका साथ गरिन्छ ताकि बिरामी तथा ग्राहकहरूको हसिलो अनुहार धेरै देख्न सकियोस्।
अनुभव नभएकाहरूले पनि ढुक्क भइ कामकार्य गर्न सकिने वातावरण यहाँ छ।
कृपया तेन्स्योकाइ समुहमा सँगै काम गरौं।

कर्मचारीको आवाज


[ नियुक्तीको तेस्रो बर्ष ]

‘अनुभवी सिनियरहरू थुप्रै भएकाले अनुभव नभएकाहरूले पनि ढुक्कका साथ काम गर्न सकिन्छ।’

मसँग प्रौढ सेवाप्रौढ सेवापेसा सम्बन्धीको अनुभव शुन्यको अवस्थामा काम गर्न सुरु गरें। प्रौढ सेवा पेसा रोजेको कारण चाहिँ, मान्छेको लागि काममा आउँन सकूँ, समाजमा केही योगदान पुर्‍याऔं भन्ने सोचको हुनाले हो। काम नजानुञ्जेल गाह्रो थियो तर अनुभवी सिनियरहरूको निर्देशन अनि प्रशिक्षण लिइ हरेक दिन अध्ययन गर्नुपर्ने हुन्छ। आवासिय सेवा प्राप्त गर्ने ग्राहकहरू, प्रयोगकर्ताहरूको हसिलो अनुहारबाट थुप्रो प्रेरणा प्राप्त भइरहेको छ। कर्मचारी पनि उज्यालो तथा थुप्रो सङ्ख्यामा हुनुहुने हुनाले रमाइलोका साथ काम गर्न सकिएको छ।

[ नियुक्तीको सातौ बर्ष ]

‘एकदम उज्यालो अनि पारिवारिक वातावरण को आवास गृह हो’

यो आवास गृह सम्पुर्णमा एकदम पारिवारिक वातावरणको कर्मचारी अनि आवास गृहको प्रयोग गर्नेहरू पनि एकदम उज्यालो हुनुहुन्छ। प्रौढ सेवा पेसा धेरै कठीन पेसा हो तर एकदम आत्म सन्तुष्टी मिल्ने पेसा हो यस गृहमा सम्पुर्ण कर्मचारी एकजुट भएर ऋतु अनुसार अनेक किसिमका कार्यक्रमहरू भव्यताका साथ आयोजना गरिन्छ ताकि गृहमा बस्ने महानुभावहरू हर्षित होउन्। गृहमा बस्ने महानुभावहरू रमाउनु भएको देख्दा साच्चै नै खुशी लाग्छ।

[ नियुक्तीको नवौं बर्ष ]

‘यहाँको आकर्षण भनेको कर्मचारी बिचको एक-आपसको समन्वय र असल टिम वर्क हो।’

प्रौढ सेवा पेसामा रहि काम गर्दै आउँदा सहयोग गरिदिने व्यक्तिहरू वरिपरि थुप्रो हुनुहुने र आफूसँग नभएको ज्ञान उनीहरूबाट सिक्न सकिने रहेछ। तेन्स्योकाइमा एउटा संस्थाको रूपमा राम्रो समन्वय, असल टिम वर्क अनि वातावरणमा काम गर्न सकिन्छ। साथै यस संस्थाको नाराको रुपमा ‘नहडबडाउने प्रौढ सेवा’ अनि ‘फुर्सदको बसाई वातावरण ’भनि राखिएको हुनाले यस गृहमा बस्ने तथा प्रयोग गर्ने महानुभावहरूको हर्षित अनुहार धेरै देख्न सकिने पनि यस संस्थाको एउटा आकर्षण हो।

कार्यालय अवस्थित स्थान


किता खासिवा रिहाबिरि सोगो अस्पताल ‘वार्ड’
किता खासिवा नर्सिङ केयर सेन्टर ‘प्रौढ सेवा रोजिन होकेन सिसेचु (पौढ स्वास्थ्य तथा सेवा आवास गृह’)

अवस्थित स्थान: कासिवा नगर कासिवासिता ‘नक्सा
नजिकको रेल स्टेशन:जे आर ज्योबान सेन किता कासिवा स्टेशन

अस्पताल र प्रौढ सेवा रोजिन होकेन सिसेचु सहितको बहु उद्देश्यको आवास गृह

औषधी उपचार अनि सेवा सुस्यारको कार्यक्षत्र हो ,यसो भएकै हुनाले अथाह ज्ञान तथा प्रविधी हासिल गर्न सम्भव रहेको छ। साथै अन्य पेसाका कर्मचारीहरूसँगको समन्वयद्वारा टिम केयर सञ्चालन हुने, विभिन्न पेसा बिचको पर्खाल नभइ सबै स्वतन्त्र रहेको खुला रहेको कार्यालय हो। गुलाबी रङ्गको भवन भित्र कलात्मक रचनाहरूले भरिएका र न्यानो स्नेहको अनुभव गराउने बनावट रहेको छ।

बाइगो नर्सिङ सेन्टर (पौढ स्वास्थ्य तथा सेवा आवास गृह’)

अवस्थित स्थान:नोदा नगर यामाजाकी ‘नक्सा
नजिकको रेल स्टेशन:तोबु नोदा सेन बाइगो स्टेशन

पारिवारिक वातावरण नै एउटा आकर्षण

कर्मचारी बिच एक-आपसको समन्वय र असल टिम वर्कको आकर्षण रहेको कार्यालय हो। हरियो भरियो गृह भवनको एरियामा साकुराको रूख अनि मेदाका माछाको पोखरी रहेको छ जुन प्रयोग कर्ता महानुभावमा पनि एकदम लोकप्रिय छ। सुन्दर वातावरण भित्र स्नेहका साथ हृदय देखिको सेवा हामी उपलब्ध गराउँर्छौं।

नागारेयामा कोमागि आनसिनकान ‘तोकुबेचु योगोरोजिन होम (विशेष सेवा पौढ गृह)’

अवस्थित स्थान:नागारेयामा नगर कोमागि ‘नक्सा
नजिकको रेल स्टेशन:तोबु नोदा सेन हाचुइसी स्टेशन

जवान कर्मचारीहरुको कार्यक्षत्र

पुरानो खालको र युनिट सिस्टमको तोकुबेचु योगो रोजिन होममा स्थानिय बासिन्दास सँगको मेलमिलाप आदानप्रदान सक्रियताका साथ गरिदैं आइरहेको छ। ‘नहडबडाउने प्रौढ सेवा’को नाराका साथ ‘फुर्सदको बसाई वातावरण’ मा रहेर भवनमा बस्ने तथा प्रयोग गर्ने महानुभावहरूको हर्षित अनुहार धेरै देख्न सकिन्छ।

कासिवा आनसिनकान ‘तोकुबेचु योगोरोजिन होम (विशेष सेवा पौढ गृह)’

अवस्थित स्थान:कासिबा नगर फुजिगाओका ‘नक्सा
नजिकको रेल स्टेशन:तोबु नोदा सेन ताकायानागी स्टेशन

सन् २०१५ साल मार्च महिनामा खुला

तेन्स्योकाइ आवास गृहहरू मध्य सबभन्दा नयाँ आवास गृह हो। सुन्दर रूपमा बनाइएको बगैचे बाटो अनि स्नेह आभास हुने गृहको हरेक युनिटमा मेहनतका साथ तयार गरिएका सजावटहरू थुप्रो छन्। भवनमा बस्नुहुने महानुभावहरूले उज्यालो अनि परिवारिक वातावरणमा ढुक्कका साधरण जीवन यापन गर्न सक्नुहोला भनि सम्पुर्ण कर्मचारी एकजुट भइ लागि पर्दै आइरहेका छौं|

कर्मचारी प्रशिक्षण प्रणाली



सिनियर कर्मचारीद्वारा हुने प्रशिक्षण तालिम तथा नव आगन्तुक कर्मचारीका लागि हरेक गृहमा तालिम प्रशिक्षण उपलब्ध गराइ आइएको छ।

योग्यताको प्रमाण पत्र नभएका, अनुभव बिहिन तथा लामो अवधी काम नगरेका व्यक्तिले पनि काम गर्न सक्ने वातावरण जोडिएको छ।

साथै, प्रौढ सेवा फुकुसीको योग्यता प्राप्तिका लागि आवश्यक सहयोग प्रणालीको पनि व्यवस्था छ। बहु अनुभवी कर्मचारीद्वारा नम्रताका साथ तालिम प्रशिक्षण दिइने हुनाले ढुक्क हुनुहोला।

भर्ना सम्बन्धिका आवश्यक बुँदाहरू


भर्ना आवेदनको योग्यता

नतोकिएको

नियुक्तीको किसिम

ज्यालादारी कर्मचारी

कार्य समय नौ

देखि पाँच, बिहान सबेर, राती अबेर सम्म सल्लाह गर्नुहोला।

ज्याला

१००० यन प्रति घण्टा

कार्य दिन

हप्तामा ३ देखि ५ दिन

तलब सुबिध

सोस्यल इन्स्योरेन्स(स्याकाइहोकेन)को पुर्ण व्यवस्था भएको यातायात खर्च (हरेक महिना २० हजार यन सम्म)  अन्य विभिन्न किसिमका समाज कल्याणका सुविधाहरू छन्।

आवेदन / सम्पर्क


नबुझेको कुरा भएमा
नियुक्ती सम्बन्धी मात्रको फोन फ्रि डायल ०१२०-८६-४१७७ अथवा जानकारी फर्म बाट सम्पर्क गर्नुहोला।
(जिम्मेवार कर्मचारी: यामामुरो)

* यो फोन नम्बर भर्ना सम्बन्धीको लागि मात्र हो।
भर्ना बाहेकका महानुभावले कर्पोरेसनको मुख्य कार्यालय(०४-७१६७-६६६७)मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।


[ कर्पोरेसनको ठेगाना ]
२७७-००२१
चिबाकेन कसिवासि च्युओच्यो १-१ कासिवा सेन्टोराल पुराजा
तेन्स्योकाइ मेडिकल कर्पोरेसन लिमिटेड कर्मचारी प्रशासन विभाग


प्रत्येक बुँदामा उल्लेख गर्दै गए पछि फर्मको तल पट्टि रहेको【उल्लेखित विषयको निश्चितता】बटन थिच्नुहोला।

* “जानकारी लिन चाहेका विषय” को भाग बाहेक सम्पुर्णमा उल्लेख अनिवार्य रहेको छ।





१.मेडिकल कर्पोरेसन स्यादान तेन्स्योकाइ लगायत समाज कल्याण कर्पोरेसन तेन्स्योकाइले नियुक्तीका सिलसिलामा आवेदक द्वारा पेस गरिएकाव्यक्तिगत जानकारीहरूको छनौट प्रक्रियाका क्रममा मात्र प्रयोग गर्नेछ।
२. नियुक्ती आवेदकबाट प्राप्त व्यक्तिगत जानकारीलाई नियुक्ती सम्बन्धीका कर्मचारीले मात्र हेर्न सकिने स्थानमा उचित तथाकडा सुरक्षाका साथ भण्डारन गरिने र बाहिर चुहावट हुने वा बेपत्ता हुने अथवा गैर कानूनीरूपमा एक्सेस, च्यातिने वा बिग्रने, अनियमित तवरले थपघट नहोस् भनि कडा भन्दा कडा सुरक्षाका साथ राखिनेछ।
३. नियुक्ती आवेदकबाट प्राप्त व्यक्तिगत जानकारीलाई निम्न लिखित अवस्थामा बाहेक तेस्रो पक्षलाई खुलासा गर्ने, उपलब्ध गराउने वा जिम्मा दिएर सुम्पने काम गरिने छैन।
(१)नियुक्ती आवेदक स्वयमको सहमती भएमा
(२)नियुक्ती सम्बन्धीको काम सुपुर्द कम्पनीलाई जिम्मा दिएको अवस्थामा
(३)कानूनद्वारा तेस्रो पक्षलाई देखाउनुपर्ने अथवा उपलब्ध गराउनु भनि तोकेको खण्डमा
४.नियुक्तीका लागि आवेदन दिएकाहरूले आफ्नो व्यक्तिगत जानकारीको खुलासा, थप, सच्च्याउने अथवा हटाइयोस् भनि माग गरेको खण्डमा तुरुन्त सो गरिन्छ।

Back To Top